महोत्तरीमा भीषण आगलागी

काठमाडौं। महोत्तरीमा भीषण आगलागी भएको छ। मठिहानी नगरपालिका–६ मदरसा टोलमा भएको उक्त भीषण आगलागीमा अहिलेसम्म कम्तिमा १ सय घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो करिब १ बजे सल्केको आगो अझै नियन्त्रणमा आउन नसकेको र अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले अहिले १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी र स्थानियहरु मिलेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय