कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

काठमाडौं । सुनको मूल्य आज २०० रुपैयाँ घटेर कारोबार भएको छ । आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा करोबार भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर