महोत्तरीको जरलहवाहत्ता टोलमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

काठमाडौं। महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको थियो ।

बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन् । घटनासम्बन्धी विस्तृत विवरण आजसम्म मात्रै थाहा पाउन सकिने उनको भनाइ छ । घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ ।

आगलागीबाट पाँच खसीबाख्रा र दुई सुँगुर समेत मरेका प्रहरीले जनाएको छ । बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय