आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर