भोलि हुने उपनिर्वाचनका लागि आयोगले गर्यो यी निर्णयहरु

काठमाडौं । वैशाख १५ गते (भोलि शनिवार) उपनिर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा (१) माउपनिर्वाच हुँदै छ ।

उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ । मतदानका दिन मुख्य राजमार्गहरुमा सार्वजनिक यातायात बन्द रहने र अन्य जिल्लाबाट वैकल्पिक माध्यमबाट सवारी आवागमन गराउन आयोगले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आयोगले अति आवश्यक सवारी बाहेक अन्य सवारी साधनको सञ्चालनमा रोक लगाएको छ ।

बिरामी बोक्ने एम्बुलेन्स, खानेपानी ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रशारण विभाग तथा प्रदेश रजिस्टार कार्यालयबाट जारी भएको र सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र बोकेका सञ्चारकर्मीहरुले प्रयोग गर्ने सवारीसाधन चलाउन पाइनेछ ।

त्यस्तै शव बाहन, अस्पतालमा कार्यरत परिचयप्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी, आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, तरकारी तथा फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारीसाधन पनि चल्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय