काठमाडौं । काठमाडौं फेरि पनि सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।
भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको हो। वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार आज शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ ।
दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।