काठमाडौं । इलाम र बझाङमा मतदान सुरु भएको छ ।
प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म हुनेछ।
इलाम २ को उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । भने बझाङ १ मा १२ जना उम्मेदवार छन् । उपनिर्वाचनका लागि दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

