काठमाडौं । प्रतिनिधिसभा इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्।
इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको केन्द्रमा उनले मत हालेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनता नयाँ युगतर्फ बढ्न अग्रसर देखिएको बताए।
सुहाङले पहिलो पटक मतदानमा सहभागी हुँदा उत्साहित रहेको बताए।

