आईपीएलमा पञ्जाबसँग कोलकाता पराजित, आज दुई खेल हुने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले जोनी बेयरस्टोको अविजित शतकमा ८ बल बाँकी छदै दुई विकेट गुमाएर भेट्टायो ।

जितसँगै पञ्जाबको ९ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकामा आठौँ स्थानमा छ । कोलकाता ८ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे दिल्लीमा हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे लखनउमा हुने खेलमा लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयल्स खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर