जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका उपर छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघ संगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताए।

निर्देशिकाले जसपाका करिब एक लाख ४६ हजार संगठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ। सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय