काठमाडौं । नेपाली कांग््रेसका नेता एनपी साउदले कांग्रेस र एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।
आज शनिबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका साउदले प्रमुख राजनीतिक दलहरूबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै निम्ति सरकार गठन गर्न नहुने धारणा व्यक्त गरे ।
यस्तै नेता साउदले हिजोसम्म परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै निम्ति आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्र अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताए ।
पछिल्लो केहि दिन यता एमाले र कांग्रेस मिलेर सरकार बन्ने भन्नेलगायतका खबरहरु आइरहेका छन् ।

