कप्तान रोहितकुमार पौडेलले बनाए अर्धशतक

काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । जारी वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो ट्वान्टी–२० खेलमा कप्तान पौडेलले अर्धशतक बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले दिएको २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले २७ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।

जारी खेलको ११ ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ९६ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर