इलाम ५७ प्रतिशत मतदान, आजै मतगणना सुरु हुने

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । त्यहाँ ५७ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए ।

५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम–२ मा आजै मतगणना गरिने भएको छ। आजै मत गणना गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय