इलाम र बझाङमा मतगणना आजदेखि

काठमाडौं । इलाम र बझाङमा आजदेखि मतगणना हुने भएको छ । इला क्षेत्र नम्बर–२ मा ११ बजे पनि र झाङ १ मा दिउँसो पछि मतगणना गर्ने निर्णय गरिएको छ ।

उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । त्यहाँ करिब ५८ प्रतिशत मतदान खसेको निर्वाचन आयोगले जनाएको छ । इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बु र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

यसैगरी बझाङ १ मा भएको उपनिर्वाचनमा भने नेपाली कांग्रेसका अभिशेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, माओबादी केन्द्रबाट जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर कुमार खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर