इलाम र बझाङमा मतगणना जारी

काठमाण्डौ । इलाम र बझाङमा मतगणना जारी छ । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ र प्रदेश सभा अन्तर्गत बझाङ १ ९क० मा मतगणना भइरहेको छ ।

इलाममा आज दिउँसो १२ बजेदेखि र बझाङमा दिउँसो २ बजेपछि मतगणना शुरु भएको हो । इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ ।

इलाममा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । हिजो भएको मतदानमा झन्डै ६० प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ (क) मा भएको उपचुनावको मतगणना भइरहेको छ । यहाँ कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय