राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यद्वारा शपथग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेका छन् । रष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आज आइतबार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदुत समेत रहेकी उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गरेका थिए ।

त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लागो हस्तान्तरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरू र संसद सचिवालयका कर्मचारीहरूले पनि उनलाई बधार्ई दिएका थिए । शपथ ग्रहणलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय