इलाममा सुहाङ मतान्तर घटाउँदै

काठमाडौँ । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङकाृले मतान्तर घटाउँदै लगेका छन् ।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १६४३ मत ल्याएका छन् । एमाले उम्मेदवार नेम्वाङले १६०३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले ४३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३०५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर