बझाङमा एमालेका उम्मेदवार अघि, कांग्रेस पछि

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निरन्तर अगाडि छन् ।

५७१९ सदर मतमध्ये भण्डारीले २०८८ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १३७२ मत पाएका छन् ।

तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९१ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ८६४ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर