बझाङमा कांग्रेस उम्मेदवार अगाडि, एमाले पछि

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो ।

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार ४०६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन् । सिंह २४१ मतान्तरले भण्डारीभन्दा अगाडि छन् । माओवादी केन्द्रका जनक बुढाले ३ हजार ११३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय