आइपीएलमा चेन्नईले हैदराबादलाई हरायो, आज कोलकता र दिल्ली भिड्ने

काठमाडौं । इंडियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ दशमल ५ ओभरमा १३४ रनमा समेटियो। हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रह्यो। यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे।

आईपीएलमा आज कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर