अनमोल केसीको ‘फर्की फर्की’ को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट ‘अन्तिम माया’ गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई गायक नरेन लिम्बुले गाएका हुन् ।

चलचित्र फर्की फर्किलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् ।

चलचित्र बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय