पूर्वमन्त्री बस्नेतविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले माग्यो लिखित जवाफ

काठमाडौं । पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले लिखित जवाफ मागेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।

बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको थियो । वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौं प्रहरीको रायलाई सदर गरेको हो ।

अदालतले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत सबुद प्रमाणसहित लिखित जवाफ पेस गर्न भनेको छ । सो मुद्दामा वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय