जसपा विभाजन, अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।

नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । यसमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय