परराष्ट्रमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानकी विदेशमन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ ।

नेपालको एकदिने सद्भावना भ्रमणका लागि आएकी जापानकी विदेशमन्त्री कामिकावाले आज दिउँसो सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेकी हुन् ।

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए । आर्थिक सहयोगात्मक सम्बन्धहरूलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उनले बताए । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय