बामदेव गौतम भन्छन्, एमालेमा फेरि जान चाहन्छु

काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले एमालेमा फेरि जान चाहेको बताएका छन् ।

आज सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्युनिस्ट पार्टी एकता अभियानका संयोजकसमेत रहेका गौतमले यसअघि नेकपा विभाजनको आरोप आफूमाथि लागेको बताउँदै फेरि पनि एमाले गएर पार्टी फुटाउनेमा शङ्का नगर्न आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी उक्त कार्यक्रममा गौतमले आफूबाट भएको गल्ती यसअघि नै स्वीकार गरिसकेको समेत बताए ।

उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्मालोचना गरेको भन्दै पार्टी एमाले फुटाउन आफ्नो हात नभएको दाबी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय