म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन: रवि लामिछाने

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन्। सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरुद्ध केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन्।

उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए।

उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्र्याकमा व्यवस्था गर्न लागिरहेको बताउँदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताए।

उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउँदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर