बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन्। रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै अस्पताल लागिएको हो।

उपचारका लागि उनलाई सिन्धुलीस्थित आत्मिय सामुदायिक अस्पतालमा लगिएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो। सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उनलाई अस्पताल लगिएको थियो।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सांसद युवराज चौलागाईंले मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय