काठमाडौं । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आमाले आफ्ना सन्तानका लागि गर्ने दुख, कष्ट र त्याग अतुल्य हुने भन्दै नेपाली समाजमा आज आमाको सम्मानार्थ यो पर्व मनाउने गरिन्छ । छोराछोरीले आज आमालाई मीठामीठा खानेकुरा, लुगालगायतका उपहार दिएर खुशी बनाउने परम्परा रहेको छ ।
आमा नहुनेले भने आज तर्पण दिएर, श्राद्ध गरेर आमाको सम्झना गर्दछन् । आज काठमाडैंको थानकोट नजिकै रहेको मातातीर्थमा आमाको सम्झना गर्दै श्राद्ध, तर्पण गर्नेको भीड लाग्दछ ।
यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आज थानकोटकोे मातातीर्थमा मेला लागेको छ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । कतिपय भक्तजनहरु अघिल्लो दिन ९हिजो० साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बस्ने र बिहान सबेरै स्नान गरी पूजा गर्ने गर्दछन् ।

