नेप्सेमा कारोबार कस्तो रह्यो आज ?

काठमाडौं। सेयर बजार परिसुचक नेप्सेको ओरालो यात्रा आज पनि कायमै रहेको छ। नेप्से आज झिनो अंक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।

आज २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर ४१ हजार १३७ पटक किनबेच भएको छ ।

आज ३०५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको छ । आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय