रोजगारी सिर्जनाको लागि उद्योग स्थापना आजको आवश्यकता: श्रममन्त्री

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाको लागि लघु, घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताएका छन् ।

आज नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटोहरू सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए ।

उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीति अनुरूप गर्ने तयारी रहेको बताए । उनले विदेशबाट फर्कने नेपाली नागरिकहरूलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमूलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय