काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्नेछ।
भोलि शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
भोलि शुरु हुने अधिवेशनमा पनि आफ्ना माग जोडदार रूपमा उठाउने कांग्रेसले जनाएको छ।

