घट्यो आज सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । यसदिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय