कांग्रेसले गृहमन्त्री नभई रास्वपाका सभापतिको हैसियतमा लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ।

आज बिहान बसेको संसदीय दलको बैठकले कुनै पनि दललाई निषेध गर्न नसकिने भएकाले गृहमन्त्री नभई रास्वपा सभापतिको हैसियतमा लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने निर्णय भएको सांसद रामहरि खतिवडाले जानकारी दिए।

सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि कांग्रेसले हिउँदे अधिवेसनमा उनलाई बोल्न पनि दिएको थियो। यस बिषयमा भने आज केही लचक भएको हो। यद्यपि लामिछानेमाथि संसदीय छानविनको माग भने यथावत् छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय