काठमाडौं। भेरी नदीमा ट्याक्टर खस्दा रुकुम पश्चिमका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
आठविसकोटदेखि जाजरकोटतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर दुर्घटनामा पर्दा ट्याक्टर चालक २२ वर्षीय विकास खड्का र अर्का १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा घाइते तीनजनाको मिसन अस्पताल चौरजहारीमा उपचार जारी छ भने दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। ट्याक्टर सडकदेखि १५० मिटर तल भेरी नदीमा खसेको थियो।