छानबिन समिति नबनेसम्म संसद्को काम कारबाही अगाडि बढ्दैन: गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति नबनेसम्म संसद्को काम कारबाही अगाडि नबढ्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली काँग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए।

थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि कारबाही अगाडि बढाउने कुरामा काँग्रेसको साथ नरहने स्पष्ट पारे। ‘सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा काँग्रेसको साथ रहँदैन। यसको जिम्मेवार काँग्रेस होइन, सत्तापक्ष हो,’ उनले भने। संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय