दिव्या र प्रदिप अभिनित चलचित्र ‘एक्टर’को छायांकन सुरु

काठमाडौं । दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको पहिलो चलचित्र ‘एक्टर’को छायांकन आजदेखि सुरु भएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी क्यामेरा पूजा गर्दै छायांकन सुरु गरेका थिए ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

नायक खड्काले पहिलो पटक चलचित्रमा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन । यो चलचित्रको छायांकन पोखरामा १० दिन गरिने छ । चलचित्रलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई प्रदर्शन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय