कांग्रेसको अवरोधपछि जेठ १ गतेसम्मका लागि संसद स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी गरी अवरोध गरेपछि जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।

१५ मिनेटका लागि स्थगित भएको बैठक झण्डै २ घण्टापछि सुरु भए पनि कांग्रेसले अवरोध यथावत् राखेको हो।

सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्ने भनेपछि कांग्रेस सांसदहरू वेल घेराउ गरेर नाराबाजी गरेका थिए।

कांग्रेसले अवरोध जारी राखेपछि बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर