काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफू दोषी देखिएको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
आज संसद भवनमा बाहिर संचारकर्मीसंग कुरा गर्दै लामिछानेले आफूले निवेदन हालेर सहकारीबाट ऋण लिएको भन्ने आरोप पुष्टि गर्न नेपाली कांग्रेसका सांसद गगन थापालाई चुनौती दिएका हुन् । साथै पुष्टि गरे राजीनित छाड्नेसमेत उनले चेतावनी दिएका छन् ।
उनले एकपटक पनि आफूलाई बोल्न नदिएको भन्दै असन्तुष्टि जनाएका छन्।