एजेन्सी । कुवेतको संसद् भंग भएको छ। कुवेती अमीर शेख मिशाल अल अहमद अल सबाले शुक्रबार साँझ टेलिभिजन सम्बोधन गर्दै संसद भंग गरिएको घोषणा गरेका हुन्।
अमीरले संविधानका कयौँ अनुच्छेदसमेत निलम्बन गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उनले फारसको खाडीको एक महत्वपूर्ण र लोकान्त्रिक देशलाई कमजोर बनाउने गरी विधायकीमा भइरहेको उथलपुथल स्वीकार्य नभएको आफ्नो सम्बोधनमा जनाएका छन्।
कुवेतमा एक महिनाअघि मात्रै संसदीय निर्वाचन भएको थियो। ५० सदस्यीय कुवेतको संसद प्रायः नयाँ संसदीय निर्वाचनको केही समयअघि भंग गर्ने गरिएको थियो । कुवेतको संसद भंग भएसँगै त्यहाँ पनि अन्य खाडी देशमा जस्तै निरंकुशताको अभ्यास हुने आशंका गरिएको छ।