दयाहाङ राई अभिनित चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ । चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ ।

किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ ।

नवीन सुब्बाद्वारा निर्देशक चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राई लगायतको अभिनय रहेको छ ।

नेपाली समाजमा सन्तान हुर्काउन बुबाले गरेको सङ्घर्ष, यस चलचित्रमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्म गाउँ आएको बाटोमा गाउँमा बाटो आएपछिको समस्या, सम्बन्धमा मनमुटाबका कथावस्तुलाई समेटिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय