काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् ।
आज नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए ।
यस्तै, उनले अहिलेको सत्ता गठबन्धन बन्न नदिने कोशिस भएको र अहिले बनिसकेपछि अटाउन कोशिस भइरहेको पनि टिप्पणी गरे ।