हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुन्छ: अमेरिकी राष्ट्रपति

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने प्रतिक्रिया दिएका छन्।

सियाटलमा एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाइ हमला गरेका थिए। यो हमलामा एक हजार १७० भन्दा बढी मानिस मारिएका थिए। त्यतिवेला २५० जनालाई अपहरण गरी गाजापट्टी लगिएको थियो । त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन्।

इजरायलको जवाफी हमलामा गाजामा अहिलेसम्म ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। तर हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय