काठमाडौं। नेकपा (माओवादी केन्द्र) मधेश सरकारबाट बाहिरिएको छ। माओवादी केन्द्रबाट मधेश सरकारमा रहेका दुई मन्त्रीले आइतबार राजीनामा दिएका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले राजीनामा दिएका छन्। साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन्। भट्टराई भने उद्योग तथा पर्यटन मन्त्री थिए।
आजै केही बेरपछि एमालेकै मन्त्रीहरूले पनि राजीनामा दिने तयारी रहेको बताइएको छ। मधेशमा दुवै दल सरकारबाट बाहिरिँदै नयाँ सरकार गठन गर्ने तयारीमा छन्। जसपा, नेपालको नेतृत्वमा रहेको मधेस सरकारमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस सहभागी थिए।

