त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठन हुन्छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताएकी छन्।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थय तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलमा मन्त्री श्रेष्ठले समितिको लागि कार्यजिम्मेवारी तयार भइसकेको जानकारी दिइन्।

उनले त्रिविको शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी सङ्घरसङ्गठनसँग छलफल भएको बताइन्। उनले शैक्षिक पात्रो बनाउनका लागि मुख्य भूमिका दलगत रुपमा आबद्ध प्रशासन र कर्मचारी सङ्गठनको एउटै धारणा हुनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर