मनोमानी रूपमा करका दर हेरफेर हुँदैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मनोमानी रूपमा करका दर हेरफेर नहुने बताएका छन् । आज काठमाडौंमा आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरेर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए ।

एउटा अर्थमन्त्रीको सनकमा व्यवसायीले वर्षौं लगाएर आर्जन गरेको सम्पत्ति र लगानी डुबाउन नमिल्ने मन्त्री पुनको स्पष्टोक्ति थियो ।

आफूहरूले लोकतान्त्रिक र जबाफदेही राज्य प्रणाली सञ्चालन गरिरहेको भन्दै उनले पारदर्शी भएर काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय