नेकपा एसको पोलिटब्युरो समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसको पोलिटब्युरो समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।

बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय