कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। आजको प्रदेशसभा बैठकमा उनको विश्वासको मतको पक्षमा ५७ मत परेको हो। त्यस्तै, विपक्षमा शून्‍य र तटस्थमा पाँच मत पर्‍यो। ९३ सदस्यीय प्रदेशसभामा आज ६२ जनाको उपस्थिति रह्‍यो।

सरकार गठनको प्रक्रिया सम्बन्धिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित भएको छ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय