कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं । पूमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफ्नो माग पूरा नभएसम्म अवरोध कायम राख्ने बताइएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय