ओलीलाई सहकारी ठगीको प्रवक्ता भन्दै गृहमन्त्रीको राजिनामा माग

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ।

कांग्रेसले सडक आन्दोलनबाट सरकारलाई दबाब दिन आफ्नो भ्रातृ संस्थालाई सडकमा उतारेको हो। सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै आज बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहकारी ठगीको प्रवक्ता भन्ने लगायत लेखिएका प्लेकार्डसहित बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय