काठमाडौं । नेकपा एसका महासचिव घनश्याम भुसालले पार्टीभित्र कनिष्ठ तर सक्रिय तथा पुराना तर जिम्मेवारी अनुसार सक्रिय नभएका नेता कार्यकर्ताबिचको अन्तर्विरोधले सङ्गठन निर्माणमा समस्या सिर्जना भएको बताएका छन् ।
महासचिव भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि पेस गरेको सङ्गठनात्मक प्रतिवेदनमा सङ्गठनमा देखिएका मुख्य समस्यालाई ११ बुँदामा सूत्रबद्ध गरेका हुन् ।
सञ्चारमाध्यममा पार्टीप्रति पर्याप्त आकर्षण भए पनि पार्टीमा विद्यमान साङ्गठनिक तथा राजनीतिक कमजोरीहरूले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको पनि भुसालले उल्लेख गरेका छन् ।
संसद् र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई अझैसम्म स्थापित गर्न नसकेको भुसालको स्वीकारोक्ति छ ।